
काठमाण्डु, २८ मंसिर– अलकायदाले नेपालको पशुपतिनाथ मन्दिरमा बम विस्फोट गराउन लागेको भन्ने हल्ला चलाउने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २६ वर्षीय रोशन भारती रहेको प्रहरीले जनाएको छ ।
पेशाले सफ्टवेयर इन्जिनियर उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले राजधानीबाट पक्राउ गरेको हो ।
भारती आतंकवादी संगठनले पशुपतिनाथमा बम पड्काउन आफूलाई अफर गरेको दाबी गर्दै सञ्चार माध्यममा अन्तर्वार्ता समेत दिएका थिए ।
उनले इमेल ह्याक गरेर पशुपतिनाथमा डिसेम्बर ६ तारिखमा बम बिस्फोट गराउने तयारी भएको बताएका थिए ।
भारतीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको अपराध महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पुस्कर कार्कीले जानकारी दिए ।