
काठमाण्डु, २७ मंसिर– हालै दिल्लीको एक कार्यक्रममा एकसाथ उपस्थित भएका सलमान खान, शाहरुख खान र अमिर खानले एकसाथ फिल्ममा आउने सोच बनाएका छन् ।
आजसम्म यी तीन खान एकै साथ फिल्म खेलेका छैनन् । यी तीन खान एकैपटक फिल्ममा आएमा अमिर र शाहरुखको पहिलोपटक सँगै काम गर्ने मौका मिल्नेछ ।
तीन खानले एकैसाथ काम गर्नेको चर्चा अमिर खानबाट शुरु भयो । आफ्नो आउँदो फिल्म ‘पिके’को प्रमोसनको एक अवसरमा उनले भने, ‘मलाई लाग्छ कि हामी तीन जना एकै फिल्ममा काम गर्नु बढो राम्रो हुन्छ, तर यस्तो कथा अहिलेसम्म आएको छैन । यस्तो कथा आयो भने साथै काम गर्नेमा म खुसी हुन्छु ।’