रजनीकांतलाई जन्मदिनमा बधाइको ओइरो

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते ७:१९ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– फिल्मी पर्दामा असंभवलाई संभव गरेर देखाउने अनि करौडौको मनमा छाउने रजनीकांतले आज आफ्नो जन्मदिन मनाउदै छन् । रजनीकांतको जन्म बेंगलुुर मा भएको थियो । उनको असलि नाम शिवाजि राव गायकवाड हो ।

उनको वाल्यकाल निकै गरीविमा बितेको थियो । फिल्म र नाटकमा अभिनय गर्नूभन्दा पहिले उनले सामान उठाउने वाला कूलिको काम देखी बसमा टिकट काट्ने कन्डक्टरको काम गर्ने गर्थे । सामाजिक मिठियामा उनलाई बधाई दिने वालाको तााति लागेको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी, हिन्दि सुपरस्टार अमिताभ वचन लगाएतकाले यिनलाई बधाई दिएका छन् ।

रजनीकांतको जन्म १२ डिसेम्वर १९५० मा भएको थियो । उनको फिल्म लिंगा आज नै रिलिज हुदै छ । यिनका फिल्महरुमध्य गिरफतार, रोबट, शिवाजि, मुथु, कोजाडियान प्रमुख हिट फिल्महरु हुन् ।

हाल यिनको ट्विटरमा एघार लाख प्रसंशक हुदाहुदै पनि यिनको एकाउन्ट २३ मे देखी अपडेट भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us