एजेन्सी– म्युजिक भिडियो छायांकनका क्रममा नांगिन दबाब दिएको भन्दै एक नायिकाले निर्देशकलाई थप्पड हानेकी छन् ।
अभिनेत्री मनिषाकुमारीले निर्देशक सचिन्द्र शर्मालाई एक सार्वजनिक कार्यक्रममा थप्पड हानेकी हुन् ।
मुम्बइमा ‘मुम्बइ कन डान्स साला’ नामको म्युजिक भिडियो लञ्ज भइरहेका बेला मञ्चमै आएर मनिषाले निर्देशकलाई चड्काएपछि यो विषयले बलिउड तातेको छ ।
थप्पड हान्ने युवतीकी साथीसमेत रहेकी ‘आइटम गर्ल’ राखी सान्त्वले उक्त विषयमा निर्देशकमाथि कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी छन् ।
उजुरीमा म्युजिक भिडियो छायांकनका क्रममा नांगिन दबाब दिएको आरोप लगाइएको छ ।
निर्देशक शर्माले भने युवतीले आफूमाथि लगाएको आरोपको खण्डन गरेका छन् ।