
काठमाण्डु, २५ मंसिर–बलिउडका अभिनेता ऋतिक रोशन चार वर्षमा तेस्रो पटक एसियाका सबैभन्दा सेक्सी पुरुषमा चुनिएका छन् । ‘विश्वभरीमा ५० सेक्सी एसियन पुरुष’को सूची हरेक वर्ष बेलायतको साप्ताहिक पत्रिका ‘इस्टर्न आइ’ प्रकाशित गर्ने गर्दछ ।
४० वर्षीय ऋतिक यो सूचिमा ११ औं संस्करणमा फेरी एसियाको सबैभन्दा सेक्सी पुरुष चुनिएका हुन् । उनी अघिल्लो वर्ष अलि पछाडि रहेका थिए । बुधबार भएको रेटिंङसमा टिभी अभिनेता कुशल टन्डन सबैलाई आश्चर्यचकित पार्दै दोस्रो नम्बरमा पुगे । जबकि पछिल्लो वर्षका बिजेता अली जफर खिसक कर तेस्रो नम्बरमा परेका छन् ।
टिभी अभिनेता विवियन डि सेना पहिलोपटक सूचिमा १० नम्बरमा पर्न सफल भएका छन् ।
आफूले पाएको यो उपाधिका लागि ऋतिकले भने, ‘धन्यवाद ‘इस्टर्न आइ’ यस आकर्षक उपाधि पाएर म धेरै खुसी छु । मरो मान्यता छ कि सेक्सी हुनुको अर्थ शारीरिक कम र मानसिक अवस्था ज्यादा हो ।’