भोटेकोसी भाँड्न सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँ

काठमाण्डु टुडे २०७१ मंसिर २५ गते १:०४ मा प्रकाशित

bg-imgकाठमाण्डु, २५ मंसिर– चार सत्तारुढ दल र प्रमुख प्रतिपक्षी एमाओवादी मिली विदेशी लगानीको भोटेकोसी आयोजना निर्माण अवरुद्ध पार्दा जनताले अनाहकमा थप एक घन्टा लोडसोडिङ बेहोर्नु परेको छ ।

संविधान निर्माणमा मिल्न नसकेका सत्तारुढ र प्रतिपक्षी यस्तो अवरोधका निम्ति मिल्नुको पछाडिको कारण हो सेयरको लोभ, जसको आयोजना विकास सम्झौतामा प्रावधानै छैन ।

स्थानीय नेता–कार्यकर्ताले सिन्धुपाल्चोकको जुरेमा साउन १७ को भीषण पहिरोमा परी ध्वस्त भएको भोटेकोसी आयोजनाको विद्युत् टावर पुनर्निर्माण अवरोध पुर्‍याइरहेका छन् । जसले गार्द ४५ मेघावाट आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिन पाएको छैन ।

उर्जा मन्त्रालयका अधिकारीका अनुसार हाल दैनिक ९ घन्टा हुँदै आएको लोडसेडिङ भोटेकोसीको बिजुली आउँदा ८ घण्टामा झथ्र्यो ।
पहिरोका कारण सुनकोसी नदीमा जमेको ताल घट्दै गएपछि टावर पनर्निमाण सुरु भएको थियो ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us