साहरुखका ‘डुब्लिकेट’ ले मच्चाए तहल्का

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते ६:४४ मा प्रकाशित

saharukh khanएजेन्सी– बलिउड स्टार साहरुख खानसँग आँटीकुँटी अनुहार मिल्ने एक व्यक्तिले भारतमा राम्रो फाइदा लिन सफल भएका छन् ।
साहरुखसँग अनुहार मिल्ने प्रशान्त वाल्डेको कमाई खाने भाँडो नै अनुहार भएको छ । पछिल्लो समय व्यवस्ततासँगै कमाई पनि बढेपछि वाल्डे दंग छन् ।

भारतको नागपुरका स्थायी बासिन्दा उनको दैनिकी नै स्टेज कार्यक्रममा गएर नाच्ने भएको छ । अनुहार पनि मिल्ने र साहरुखको दुरुस्तै नक्कल पनि गर्ने भएपछि दर्शक उनीसँग मन्त्रमुग्ध हुने गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आफूलाई स्टेज कार्यक्रममा लैजान आयोजकबीच होडबाजी नै चल्ने गरेको दाबी उनको छ ।

हाल आफ्नै दैनिक कमाई २५ हजार रुपैयाँ रहेको उनले बताए । स्जेट कार्यक्रमका साथै उनले विभिन्न कम्पनीका उत्पादनको विज्ञापनमा समेत खेलेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us