एजेन्सी– बलिउड नायक रणवीर कपुर र ‘हटकेक’ नाइके कैट्रिना कैफले सन् २०१५ को नयाँ वर्ष सँगै लण्डनमा मनाउने भएका छन् ।
उनीहरुले लण्डनमा सँगै नयाँ वर्ष मनाउन लागेको चर्चाले बलिउड बजार ताकिएको छ । यो हल्ला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
यो जोडी अहिलेसम्म सार्वजनिक रुपमा बिरलै सँगै देखिएको छ ।
रणवीरले केही समयअघि एउटा जमघटमा सँगै गएका बेला तस्वीर खिचेको भन्दै एक पत्रकारको क्यामेरा फुटाइदिएका थिए । यद्यपि गुपचुप राखिएको नयाँ वर्षको येजना बाहिर आएपछि उक्त जोडी अचम्ममा परेको छ ।
समाचारमा जनाइए अनुसार लण्डन बसाइका क्रममा कैट्रिनाले रणवीरकी आमा र रणवीरले कैट्रिनीकी आमासँग भेट्ने छन् ।