
काठमाण्डु, २३ मंसिर– ‘श्रीमती पोइल गए के गर्छौ ?’ भन्दै १० कक्षाका विद्यार्थीलाई प्रश्न सोध्ने शिक्षक कारबाहीमा पर्ने भएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले प्रश्न तयार गर्ने नर्थपोइन्ट स्कुल गोंगबुका शिक्षक कल अर्याललाई आगामी तीन वर्षसम्म नेपाली विषयमा प्रश्न तयार गर्न नपाउने गरी कारबाही गर्न लागेको हो ।
शनिबार यस विषयमा समाचार सार्वजनिक भएको थियो ।
सोमबार बसेको प्याब्सन केन्द्रीय परीक्षा समितिको बैठकले सामाजिक र लैंगिक मर्यादाको समेत ख्याल नगरी प्रश्न तयार गर्ने शिक्षक अर्यालमाथि कारबाही अगाडि बढाउन निर्देशन दिएको हो ।
नयाँ पत्रिकाबाट