
एजेन्सी– बलिउड अभिनेता आमिर खानले चलचित्र पिकेको पोस्टरमा प्रयोग गरेको रेडियो बिक्रीका लागि राखिएको छ ।
आमिरले पिकेको नग्न पोस्टरमा प्रयोग गरेको रेडियो लिलाम बिक्रीका लागि अनलाइनमा राखिएको हो ।
भारतीय पत्रिका ‘मिड डे’ का अनुसार हालसम्म उक्त रेडियो खरिदका लागि डेढ करोड भारतीय रुपैयाासम्मको प्रस्ताव आएको छ । उक्त रेडियो मुम्बइको चोर बजारबाट २ सय २७ रुपैयाामा खरिद गरिएको थियो ।
चलचित्रको निर्माण पक्षले रेडियो बेच्न खोजे पनि आमीरलाई उक्त निर्णय मन परेको छैन । समाचारमा जनाइएअनुसार उनले रेडियो बेच्ने तयारीप्रति तीव्र असन्तोष व्यक्त गरेका छन् ।
यसैबीच उक्त चलचित्रकी अभिनेत्री अनुष्का शर्माले चिनोका रुपमा रेडियो आफूलाई दिन माग गरेकी छन् ।