सार्कको संस्कृति झल्काउने पुस्तकको विमोचन

काठमाण्डु टुडे २०७१ मंसिर २२ गते २:४६ मा प्रकाशित

चितवन, २२ मंसिर– सार्क देशहरुको सांस्कृतिक महत्त्व झल्काउने चित्रमय पुस्तकको आइतबार साँझ विमोचन गरिएको छ । सार्क सूचना केन्द्रको आयोजना तथा पत्रकार महासंघ चितवनको संयोजनमा उक्त पुस्तकको विमोचन गरिएको हो ।

 

सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले पुस्तकको विमोचन गर्दै पुस्तकमा सार्क देशको जानकारीसँगै सांस्कृतिक महत्त्वबारे सूचना दिने बताए । सार्क स्थापना भएको ३० औं वर्षको अवसरमा तयार पारिएको सो पुस्तक सार्क देशका लागि ऐतिहासिक रहेको उनको भनाइ थियो ।

 

पुस्तकमा आठै देशको संस्कृति झल्कने विषय समावेश छन् । सार्कको अहिलेसम्म १८ औं सम्मेलन सम्पन्ना भएकोमा नेपालमा तीन वटा सम्मेलन भएको कार्यक्रममा जानकारी गराइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us