
एजेन्सी– चर्चित भारतीय टेनिस खेलाडी सानिया मिर्जाले आफ्नो जीवनीमा आधारित चलचित्र बनेको अवस्थामा पतिको भूमिकामा सलमान खानलाई राख्न आग्रह गरेकी छन् ।
केही निर्माताले मिर्जाको जीवन कथामा चलचित्र बनाउने बताएपछि उनको यस्तो भनाइ बाहिर आएको हो । यद्यपि चलचित्र निर्माणको काम भने सुरु भएको छैन ।
सलमान आफ्नो असल साथी र मिल्ने नायकसमेत रहेको भन्दै उनले आफ्नो कथामा चलचित्र बने सलमानलाई पतिका रुपमा हेर्न चाहेको बताइन् । यस्तै उनले आफ्नो भूमिका भने दीपिका पादुकोणले गर्न सक्ने उल्लेख गरेकी छन् ।
बलिउडमा हालसम्म खेलाडीको जीवनमा केही चलचित्र बनेका छन् । पछिल्लोपटक क्रिकेटर महेन्द्रसिंह धोनीको जीवनमा आधारित चलचित्र निर्माणका क्रममा छ ।