
काठमाण्डु, २० मंसिर– पाकिस्तानी सेनाको कारबाहीमा अलकायदाका एक लडाकु कमाण्डर मारिएका छन् ।
उत्तर–पश्चिमी पाकिस्तानस्थित अफगनास्तिानको सीमानजिकै सिन्वार्सक क्षेत्रमा सेनाले छापा मार्ने क्रममा शनिबार ती लडाकु कमाण्डर मारिएको पाकिस्तानी सेनाले जनाएको छ । मृत्यु हुनेमा अदनन एल सुक्रिजुमाह रहेको बताइएको छ ।
उनी माथिअमेरिकाको न्यूयोर्क र बेलायतको लण्डनमा बम विस्फोट गराएको आरोप थियो ।
अमेरिकन जासुसी संस्था एफबीआईको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले अदनन अलकायदाका अपरेशन प्रमुख रहेको दाबी गरेका छन् ।
साउदी अरेबियामा जन्मेका सुक्रिजुमाह केही वर्ष अमेरिकामा पनि बसेका थिए ।
उनीमाथि अमेरिकन जाँच ब्यूरो एफबीआईले न्यूर्योकको सब वेमा सन् २००९ आत्मघाती बम विस्फोट गराउने योजना बनाएको अभियोग लगाएको छ ।
पाकिस्तानी सेनाले कारबाहीका क्रममा अलकायदाका अन्य दुईजना सदस्य पनि मारिएको जनाएको छ । घटनामा एक सैनिक समेत मारिएका छन् ।
यसैबीच पाकिस्तानी सेनाले अलकायदाविरुद्द गरेको अपरेशनका क्रममा एक अमेरिकी पत्रकारको पनि ज्यान गएको छ ।
एक वर्षअघि यमनबाट अलकायदाले अपहरण गरेका अमेरिकी पत्रकार लुक सोमरको उद्धारका क्रममा ज्यान गएको पाकिस्तानी सेनाले जनाएको छ ।