दुलहीसँग विवाह मण्डपमा रहेका देवरलाई भाउजुले किस गरेपछि….

काठमाण्डु टुडे २०७१ मंसिर २० गते ८:३३ मा प्रकाशित

kissएजेन्सी- एक भाउजुले विवाह मण्डपमै हुलाहा देबरको गालामा किस गरेपछि बिहे भाँडिएको छ ।

विवाह भाँडिएपछि दुलही लिन गएको जन्ती रित्तै फर्किएको छ । भारतको अलीगढमा एक युवकको विवाह मण्डपमा सबैका सबै उनकी भाउजुले किस गरिन् ।

बेहुला र बेहुलीबाट सामाजिक सजाल फेसबुकबाट माया बसेपछि परिवारको मञ्जुरीमा विवाह हुँदै थियो ।

समाचारमा जनाइएअनुसार बरमालाको विधि पूरा गर्ने क्रममा बेहुलीले बहुलालाई माला लगाउने बित्तिकै भाउजुले मण्डपमै गएर देवरलाई चुमेकी थिइन् ।

चुम्बनपछि विवाह मण्डपबाट देवरलाई लगेर भाउजुले  जर्बजस्ती आफूसँगै नचाइन पनि । त्यो देखेर दुलहीका आफन्त र परिवारले आपत्ति जनाए र दुलही नदिने बताए ।

त्यसपछि जन्ती घर फर्किए, तर बेहुला दुलहीतर्फका मानिसहरुको नियन्त्रणमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us