सञ्जय दत्तले फेरि १४ दिन बिदा मागे

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते ११:२९ मा प्रकाशित

एजेन्सी– बलिउडका चर्चित अभिनेता सञ्जय दत्त बेलाबेला जेलबाट बिदा माग्दै बाहिर निस्कने गर्छन् । यसपटक पनि उनले फेरि १४ दिनको बिदा मागेको समाचार आएको छ ।

Sanjay-Dutt (1)

सन् १९९३ मा मुम्बइमा भएको बमकाण्डको दोषीका रुपमा बलिउडका यी ख्यातनामा अभिनेता जेल परेका हुन् । उनी अहिले पुणेको यरवडा जेलमा छन् ।
साथीहरुबीच सञ्जु भनेर बोलाइने यी कलाकारले यसअघि श्रीमती मान्यता बिरामी परेको भन्दै झण्डै एक महिना लामो बिदा लिएर बाहिर निस्केका थिए ।
खरखजाना ऐन अन्तर्गत जेलमा बसेका सञ्जयले जेल प्रशासनमा यसपटक १४ दिनको छुट्टी मागेका हुन् । उनले प्रशासनमा यसका लागि निवेदन समेत दिएका छन् । तर यसपटक उनले जेलबाट बिदा पाउने सम्भावना निकै कम रहेको समाचारहरुमा जनाइएको छ ।
मुम्बईको उच्च अदालतको नागपुर बेन्चले कुनै पनि कैदीलाई वर्षमा एक पटकभन्दा बढी बिदा नदिन आदेश दिएको छ । विशिष्ट स्तरका कैदीहरुका लागि जेल प्रशासन लचिलो हुने गरेको भन्दै अदालतले यस्तो आदेश दिएको थियो । अब सञ्जय दत्तलाई के गर्छ त्यो भने रहस्यकै गर्भमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us