आफ्नै महासेनानीबारे बेखबर सेना !

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते १:३२ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर –दुई वर्ष वर्षअघि बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कर्णेल कुमार लामाको पछिल्लो अवस्थाबारे जंगी अड्डा नै बेखबर छ । द्वन्द्वकालमा भएको राज्यपक्षीय घटनासँग सम्बन्धित युद्धअपराधको मुद्दा लामाले व्यक्तिगत लडिरहेका छन् ।

kumarLama_371409c

‘मुद्दाबारे पछिल्लो जानकारी छैन’, सैनिक प्रवक्ता जगदिश पोखरेलले भने, ‘पहिला जे जति भएको हो, त्यो जानकारीमा आइसकेको छ । अहिले व्यक्तिगत तवरबाट काम भइरहेको होला ।’ लामा अहिले पनि सेनाका कर्णेल हुन् ।

नेपालमा उनको तलबभत्ता पाकिरहेको छ । बेलायत सरकारले लन्डनमा उनलाई नजरबन्दमा राखेको छ । लामा १९ पुस २०६९ मा पक्राउ परेका थिए । सुरुमा सरकारले कानुनी सहयोग गरे पनि डेढ वर्षदेखि पन्छिएको छ ।

सेनाले पनि चासो दिएको छैन । ‘पहिले सरकारले जति सहयोग र पहल गर्‍यो त्यत्ति हो त्यसपछि भने लामा आफैले मुद्दा खेपिरहनु भएको छ । यसबारे केही पनि भएको छैन’, सैनिक प्रवक्ता पोखरेलले भने, ‘उहाँ अहिले पनि हाम्रो महासेनानी हुनुहुन्छ, यहाँ नआएकोले तलब सुविधा लिनुभएको छैन ।’

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us