
एजेन्सी– बलिउड नायक सलमान खानले हटकेक नायिका एवम् पूर्वप्रेमिका कट्रिना कैफसँग माफी मागेका छन् ।
सलमानले कट्रिना कैफलाई कट्रिना कपुर भनेको विषयमा सलमानले माफी मागेका हुन् । सलमानले कट्रिनासँग माफी मागेकोसम्बन्धी समाचार भारतबाट प्रकाशित मिड डे पत्रिकाले छापेको छ ।
समाचारमा जनाइएअनुसार कट्रिनाको घरमै गएर सलमानले हात जोडेर माफी मागेका थिए । सलमानले आफ्नी बहिनीको बिहेका क्रममा कट्रिना कैफलाई कट्रिना कपुर भनेका थिए । सलमानसँग छुटेपछि कट्रिनाले रणवीर कपुरसँग मस्ती गर्दै आएकी छन् ।
त्यसैले सलमानले सचेत ढंगले नै कट्रिनाको थर कपुर भनेको हुन सक्ने अनुमान गरिएको थियो । समालनले बिहेमा रणवीरलाई निम्ता दिएका थिएनन् ।
तर कट्रिनालाई भने बहिनी अर्पितालाई दुलही सिंगार्ने जिम्मा नै दिएका थिए । माफी माग्ने क्रममा आफूले उत्साहित भएर त्यस्तो टिप्पणी गरेको बताएको समाचारमा छ ।
आफ्नी पूर्वप्रेमिका कैफलाई उनले ‘मैले तिमीलाई खान बन्न मौका दिएको थिएँ, तर तिमीले कपुर रोज्यौ‘’ भनेका थिए । कट्रिनाले उक्त विषयमा चित्त दुखाएकी थिइन् ।