१० हजार ९१ पुरुषसँग सुत्ने महिला विवाहका लागि पुरुष खोज्दै

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते २:२५ मा प्रकाशित

लन्डन, १८ मंसिर– रक्सी र लागूऔषधको नसामा १२ वर्षको अवधिमा १० हजार ९१ पुरुषसँग यौन सम्पर्क राखिसकेकी ग्विनेथ मोन्टेनेग्रो अन्तत: विवाह बन्धनमा बाँधिएर ‘वास्तविक मायाको अनुभव गर्न’ तयार भएकी छिन् ।

गत जुलाइमा आफ्नो पुस्तक ‘१०,००० मेन एन्ड काउन्टिङ’ पुस्तक विमोचनबारे डेलमेल अस्ट्रेलियासँग गरेको कुराकानीपछि यी महिलाले आश्चर्यजनक ढंगले ८० वटा विवाह प्रस्ताव पाएकी छन् ।

आफ्नो विगतबारे लेखिएको पुस्तकबाट राम्रो प्रतिक्रिया पाएपछि उनी असल पुरुषलाई भेट्न तयार भएको बताएकी छन् । जनु उनले यसअघि कहिल्यै अनुभव गरेकी थिइनन् । उनलाई घन्टाको ५ सयदेखि १ हजार डलर तिरेर यौनसम्पर्क राख्नेमा अधिवक्ता, राजनीतिक र संगीतकर्मीसम्म छन् । तर, उनीहरुबाट उनले चाहेजस्तो माया पाउन सकिनन् ।

‘मेरो बारेमा समचार प्रकाशन भएपछि मभित्र केही कुरा जाग्यो । तर, म विवाह गर्न हतारिएकी छैन्’, उनले भनिन्, ‘यहाँ मानिसहरु डेट गरिरहेछन् विवाहितसँग पनि । तर, मैले कोही पनि उपयुक्त मान्छे फेला पारेकी छैन ।’

राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us