
काठमाण्डु, १६ मंसिर– भावी संविधानमा संघीयताको स्वरुपलाई लिएर दलहरुबीच विवाद बढेका बेला सरकारले थप ६१ नगरपालिका घोषणा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् अन्तर्गतको समाजिक समिति बैठकले ६१ नगरपालिका थप्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्मा ६७ नगरपालिकाको प्रस्ताव गएको थियो ।
प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीका अनुसार थप ७ उपमहानगरपालिका विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ । यो सँगै नेपालमा नगरपालिकाको संख्या १ सय ९१ पुगेको छ ।
गत वर्ष मात्र सरकारले ७२ नगरपालिका थप गरेको थियो ।