चार वर्षदेखि फरार पाँच अभियुक्त पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते ८:११ मा प्रकाशित

धनगढी, १६ मंसिर– कुटपिट मुद्दामा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भई चार वर्षदेखि फरार पाँच अभियुक्तलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

pakrau-arrest
क्षेत्रीय अनुसन्धान समूहको प्रहरी टोलीले कुटपिट मुद्दामा दोषी ठहर भई फरार रहेका कैलाली दोदोधारा गाविस–२ का हिरासिं बम, काली बम र  रूपा बम तथा बौनिया गाविसका कुटपिट मुद्दाकै फरार अभियुक्त भरत नेपाली र  दलबहादुर मौनीलाई पक्राउ गरेको हो ।

अभियुक्तलाई जिल्ला अदालत कैलालीको जिम्मा लगाइएको छ । जिल्ला अदालतले २०६७ सालमा कुटपिट मुद्दाका अभियुक्तलाई जरिवानाको फैसला सुनाएको थियो ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us