अख्तियारको डरले राजीनामा दिए पाँच वन–कर्मचारीले

काठमाण्डु टुडे २०७१ मंसिर १५ गते ६:१० मा प्रकाशित

लहान, १५ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यता प्रमाणपत्रको छानबिन सुरु गरेपछि जिल्ला वन कार्यालय लहानका पाँचजना कर्मचारीले राजीनामा दिएका छन् ।

akhtiyar
वन कार्यालयमा सशस्त्र वन रक्षक पदमा कार्यरत कमलेश राउत, शिवजी रौनियार, लक्ष्मण झा, जोखन चौधरी र इनुसिनियाँ धुनियाँले राजीनामा दिएको जिल्ला वन कार्यालय लहानका निमित कार्यालय प्रमुख रामनारायण यादवले जानकारी दिए ।
उनीहरुले गत कात्तिक २७ गते नै राजीनामा दिएको र राजीनामा स्वीकृतसमेत भइसकेको निमित्त प्रमुख यादवले बताएका हुन् ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us