घाइते भैंसीको ‘इन्काउन्टर’

काठमाण्डु टुडे २०७१ मंसिर १५ गते १:४३ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– घाइते अवस्थामा छट्पटाउँदै ह्यास अस्पतालभित्र छिरेको एउटा भैंसीलाई प्रहरीले ‘इन्काउन्टर’ गरी मारेको छ । भैंसीले अस्पतालमा विध्वंस मच्चाउन सक्ने भन्दै प्रहरीले गोली हानेको हो ।

नजिकैको सुकुम्बासी टोलमा मार हान्न खोज्दा ज्यान बचाएर भाग्दै आएको भैंसी अनियन्त्रित अवस्थामा बिहान करिब ११ बजे बुद्धनगरस्थित ह्यास अस्पतालमा छिरेको थियो । अस्पतालको अक्सिजन हल हुँदै भैंसी रिसेप्सन र ओपिडीमा छिर्‍यो । मार्बलमा चिप्लिएर लड्यो पनि ।

भैंसी जेनेटर रुमभित्र छिरेपछि कर्मचारीले बाहिरबाट ढोका थुनिदिएका थिए ।

घटनास्थलमा करिब एक घण्टापछि प्रहरी टोली आएको थियो । प्रहरीले भैसी सकुसल समात्न प्रयास गर्दा नसकेपछि गोली हान्नु परेको जनाएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी रमेश तामाङले भैंसीलाई गोली हानेका हुन् ।

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us