
एजेन्सी– भारतको उत्तर प्रदेश राज्यको कुसचेर चौपला गाउँमा अन्तरजातीय विवाह गर्ने एक जोडीको माइती पक्षले हत्या गरेको छ ।
परिवारको सहमतिबिना बिहे गरेको भन्दै उक्त जोडीको घाँटी रेटेर हत्या भएको छ ।
फरक जातका सोनु र दानसिताले दुई महिना पहिले कोर्ट म्यारिज गरेको थिए । शुक्रबार बसेको गाउँ पञ्चायतले उनीहरुलाई छुट्टिएर बस्न आदेश दिएको थियो ।
प्रहरीका अनुसार सँगै घर भएका केटीका माइतीले सोनुको आँगनमै उनको घाँटी रेटेर हत्या गरेका थिए ।
घाँटीमा काटिएका श्रीमान आँगनमा कराएर छट्पटिएपछि रुँदै बाहिर निस्केकी दानसिताले बचाउन खोज्दा उनलाई पनि मारिएको थियो ।