
एजेन्सी– नाइजेरियामा एक किशोरीले विष खुवाएर आफ्ना श्रीमानको हत्या गरेकी छन् ।
कानो शहर नजिकैको गाउँकी १४ वर्षीया बालिकाले आफ्ना पतिसहित चार जनालाई मुसा मार्ने विष खुवाएर हत्या गरेकी हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार उनले खानमा विष मिसाएर दिएकी थिइन् । किरोशीको ३५ वर्षीय सानीसँग ८ महिनाअघि विवाह भएको थियो । उनीविरुद्ध मुद्दा दायर भएको र आरोप प्रमाणित भए मृत्युदण्डसम्मको सजाय हुनसक्ने बताइएको छ ।
महिला अधिकारकर्मीले भने उनी बालिका भएकाले मृत्युदण्डको फैसला गर्न नहुने बताएका छन् । उनले इच्छाविपरीत आफूभन्दा धेरै वर्ष बढी उमेरका पुरुषसँग विवाह गरिदिएकाले हत्या गरेको स्वीकार गरेकी छन् ।