
एजेन्सी– नाइजेरियाको एडमावा राज्यमा भएको बिस्फोटनमा परी कम्तीमा २५ जना मारिएका छन् । मर्नेहरु ५ जना सैनिक रहेको बताइएको छ । खबर यस्तो आएको छ कि बम सडक किनारामा राखिएको थियो । यो बिस्फोटन मुभी सहरको नजिकै भएको थियो ।
यो त्यही सहर हो जुन यसै महिनाको सुरुमा सरकारले चरमपन्थी संगठन बोको हरामको कब्जाबाट दोस्रोपटक छुटाएको थियो ।
पछिल्ला दिनहरुमा बोको हरामले थुप्रो ठूला हमला गरेको छ जसमा उत्तरपश्चिमी सहर मैदुगरीमा दुई वटा आत्मघाती बम बिस्फोटन पनि रहेका छन् । यो हमला दुई महिला आत्मघाती हमलाकारले गरेका थिए जसमा ७८ जनाको मृत्यु भएको थियो ।
अमेरिका र पश्चिमी देशहरुले बोको हरामलाई चरमपन्थी समूह घोषणा गरेका छन् ।
अप्रिल महिनामा यस समूहले २ सयभन्दा धेरै स्कुले छात्राको अपहरण गरेका थिए जसको अन्तराष्ट्रिय रुपमा पनि विरोध भएको थियो ।