अफगानिस्तानमा ३५ विद्रोही र तीन सैनिकको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर १० गते १२:३९ मा प्रकाशित

काबुल, १० मंसिर– अफगानिस्तानमा अफगान सैनिकले तालिवान सशस्त्र विद्रोहीका विरुद्ध गत २४ घण्टासम्म जारी राखेको कारबाहीको क्रममा ३५ तालिवानको मृत्यु भएको छ ।

अफगानको गृह मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । अफगानिस्तानका तीन वटा प्रान्तमा जारी सो  कारबाहीको क्रममा ३५ जना सशस्त्र तालिवान आतंककारीको मृत्यु हुनुको साथै ११ घाइते भएका सैनिक प्रवक्ता जाहिर हाजिमीले आफ्नो ट्वीटर एकाउन्टमार्फत बताएका छन् ।

यसै क्रममा आतंककारीले सडककिनारमा राखेको बम बिस्फोट हुादा अफगान नेसनल आर्मी (एएनए) का तीन सैनिकको पनि मृत्यु भएको जनाइएको छ ।

यस वर्षको अन्त्यसम्ममा अफगानिस्तानमा रहेका नेटोसाग आबद्ध प्राय: सैनिक फर्किसक्ने नेटोआबद्ध सबै देशहरूले निर्णय गरिसकेका हुनाले अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ ।

पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा सुरक्षाकर्मी र सरकारी अधिकारीहरुलाई लक्ष्यगरी आक्रमणलाई तीव्र पारेका छन् । उनीहरूको सो आक्रामक कारबाहीलाई मध्यनजर गरी सरकारी सेना र प्रहरीले पनि कारबाही जारी राखेको समाचारमा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us