सार्कका पाहुना नआउँदै किन पड्किए प्रचण्ड ?

काठमाण्डु टुडे २०७१ मंसिर १० गते २:१८ मा प्रकाशित

prachandaकाठमाण्डु, १० मंसिर– सार्क सम्मेलनमा व्यस्त रहेका प्रधानमन्त्री सुशील कोइरालालाई मंगलबार बिहान एमाओवादी अध्यक्ष प्रचण्डले मुठभुड नै रोजेको हो ? भन्दै फोनमा थर्काएका छन् ।

प्रचण्डको यस्तो डाइलग आएपछि सुशीलले म पछि कुरा गर्छु भन्दै फोन काटेका थिए । सोमबार २२ दल र कुटनीतिक निकायका प्रतिनिधिको अन्तरक्रिया कार्यक्रममा भारतीय र अमेरिकी राजदूत उपस्थित नभएकोमा सत्ताधारी दलले सन्तोषको सास फेरे पनि हिजो प्रचण्डसँगको टेलिफोन संवादका कारण सार्क तयारीमा व्यवस्त कोइराला मुड अफ बालुवाटार स्रोतले जानकारी दिएको छ ।
उता एमाओवादी श्रोतका अनुसार २२ दलले निम्तो गर्दा लौनचौरबाट प्रधानमन्त्री मोदी आउँदै हुनुहुन्छ, सबै कुरा उहाँले नै सबै कुरा राख्नुहुन्छ, नराखे आफैं भेटमा कुरा राख्नुहोला, हामीलार्य भने पनि रिपोर्टिङ नै गर्ने हो’ भन्ने जवाफ आएको थियो ।
दूतावास कर्मचारीको भनाइलाई पुष्टि गर्दै मोदीले मंगलबार दिउँसो वीर अस्पतालको ट्रमा सेन्टर उद्घाटामा ‘बहुमतीय प्रक्रिया छाडेर सहमतिबाट’ संविधान बनाउन सुझाव दिएका छन् ।

अघिल्लोपटक नेपाल भ्रमणमा आउँदा हिमाल–तराईको कुरा गरेका मोदीले यसपटक मधेसी दल भनेर सम्बोधन गर्नु र मधेसी–एमाओवादीको धारणालाई बल दिने गरी बहुमतीय प्रक्रिया छाड्न सुझाव दिनुले सत्ताधारी दललाई झट्का पुगेको राजनीतिक विश्लेषकको ठम्याई छ ।
बालुवाटार वार्ताको सहमति काँग्रेस–एमालेले खोलिदिएपछि भोलिपल्ट बिहान प्रचण्डले आफ्नो निवास लाजिम्पाटमा पार्टीका आफूनिकट नेतालाई डाकेर भनेका थिए, ‘मधेसी दललाई म आफैं मिलाएर कुरा गरौंला भनेको सिटौला–बाबुराम बाहिर निस्केर विवालित डकुमेन्ट संविधानसभाको पूर्ण बैठकमा पठाउने सहमति भयो’, भनिदिए । फेस सेभिङ गर्ने ठाउँ पनि भएन ।
जनआस्था साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us