राष्ट्रपति यादवसँग अफगान राष्ट्रपतिकाे भेट

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते १२:१६ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– राष्ट्रपति डा. रामवरण यादव र अफगानी राष्ट्रपति असरफ घानीबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आज दिउँसो उनीहरुबीच भेटवार्ता भएको हो । भेटका अवसरमा नेपाल र अफगानिस्तानबीचको द्वीपक्षीय एवं सार्क सदस्य राष्ट्रबीचको अन्तरसम्बन्धबारे छलफल भएको जनाइएको छ ।

भोलिदेखि सुरु हुने १८ औँ सार्क शिखर सम्मेलनमा भाग लिन राष्ट्रपति घानी आजै नेपाल आएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us