
काठमाण्डु, ९ मंसिर– बुधबारदेखि सुरु हुने दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ को १८ ओं सम्मेलनमा सहभागी हुन आउने पहिलो पाहुना महेन्दा राजापाक्ष पूर्वनिर्धारित समयमा आइपुगेनन् ।
राजापाक्ष पत्नि सिरान्थीका साथ बिहान साढे ९ बजे विशेष विमानमार्फत काठमाण्डु आइपुग्ने बताइएको थियो । तर उनी चढेको विशेष विमान त्यसको ५४ मिनेटपछि १० बजेर १५ मिनेटमा विमानस्थलमा अवतरण गर्यो ।
राजापाक्षको स्वागतको जिम्मेवारी पाएका उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम नौ बजे नै विमानस्थल पुगेका थिए । तर राजापक्षे नआउँदा गौतमले ४५ मिटनेसम्म विमानस्थलको चिसो हावा खाएर बसे ।
राजापक्ष नेपाल आएलगत्तै बुद्ध जन्मस्थल लुम्बिनी गएका छन् ।