
काठमाण्डु, ९ मंसिर– सार्क सम्मेलनमा सहभागी हुन आउने विशिष्ट पाहुना (भिभिआइपी) लाई सम्मेलन स्थलमा आफूले गर्ने स्वागत र उनीहरु आवत–जावत गर्ने सडकखण्डमा प्रधानमन्त्री सुशील कोइरालाले सोमबार रिहर्सल गरेका छन् । तीन घण्टा उनी त्यसमै व्यस्त बने ।
बिहान आठदेखि दिउँसो एक बजेसम्म भिभिआइपीको अगाडिपछाडि सुरक्षकर्मीको लावालस्करसहित रिहर्सल गरिएको थियो । त्यस क्रममा प्रधानमन्त्री कोइरालाले सम्मेलन तयारीको निरीक्षण सँगसँगै रिहर्सलमा सक्रिय सहभागीतासमेत जनाए ।
कोइरालाले विशिष्ट अतिथिलाई आफूले गर्ने स्वागत, अतिथि सत्कार गृहमा प्रवेश र विश्राम गराई सम्मेलन स्थलभित्र लैजाने पूर्वअभ्यासबारे जानकारी लिए । उनले सभागृह हल, माइक, बिजुली र मेचको व्यवस्थालगायतको निरीक्षण पनि गरे ।
नयाँ पत्रिका दैनिकबाट