काठमाण्डु, ६ मंसिर– अमेरिकी राष्ट्रपति बाराक ओवामा सन् २०१५ को भारतीय गणतन्त्र दिवसमा सहभागी हुन दिल्ली आउने भएका छन् ।
दिवसका अवसरमा हुने कार्यक्रममा मोदी प्रमुख अतिथि बन्ने भएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका गएका बेला ओबामालाई निम्ता दिएका थिए ।
मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत गणतन्त्र दिवसमा आइदिन आफूले गरेको आग्रह ओबामाले स्वीकार गरेको उल्लेख गरेका छन् ।
भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारतको गणतन्त्र दिवसमा अमेरिकी राष्ट्रपति सहभागी हुन लागेको यो पहिलोपटक हो ।
गणतन्त्र दिवसका अवसरमा ओबामालाई भारत आउन राजी गराएकामा सामाजिक सञ्जालहरुमा मोदीको व्यापक प्रसंशा भएको छ ।