
एजेन्सी, ३ मंसिर– चीनको एक गाउँमा सयौँ मुसा छाड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य तीन घटनास्थलबाट फरार भएका छन् । दक्षिण गुआंगडोंग प्रान्तको एक गाउँमा हजारभन्दा बढी मुसा छाडिएको स्थानीयले बताए ।
मुसा भागाभागको विचित्र दृश्य हेर्न आफूहरु बाध्य भएको गाउँलेले जानकारी दिए । उनकाअनुसार त्यतिधेरै मुसा एकै पटक देख्दा घिन लागेर आयो । रोग फैलिने शंकामा स्वास्थ्य विभागले यस समस्याको सामना गर्न विष पठाएको छ ।
बाली र घरका लागि हानीकारक ती जीवलाई यसरी छाडा छाड्नुको कारण स्पष्ट भएको छैन । एक रोगी वृद्ध निको हुन सकून भनेर प्रयाश्चित स्वरुप उनीहरुलाई खुल्ला छाडिएको पक्राउ परेकाहरुले बताए ।
चीनमा वन्यजन्तु जंगलमा छाड्नुलाई धार्मिक कार्य मानिन्छ ।
कान्तिपुर दैनिकबाट