ट्राफिकले मापसे गरेकी स्कुटी चालक युवतीसँग घुसमा किस मागेपछि…

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते १:५९ मा प्रकाशित

scootyकाठमाण्डु, ४ कात्तिक– चेकिङका क्रममा सामान्यत: ट्राफिक प्रहरीले लाइसेन्स र ब्लुबुक माग्छन् ।
तर, मादक पदार्थ सेवनको चेकिङमा एक ट्राफिक प्रहरीले युवतीसँग किस मागेका छन् । महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारमा कार्यरत असर्इ पुरुषोत्तम ढकालले चेकिङका क्रममा युवतीसँग कागजपत्र नभएपछि किस मागेका हुन् ।

प्रहरी आचरणविरुद्दको काम गरेको भन्दै असर्इ ढकाल निलम्बनमा परेका छन् । डिल्लिबजारमा सोमबार मापसे चेकिङका क्रममा खटिएका असर्इ ढकालले ‘एक किस दिए कारबाही नगर्ने’ भन्दै एक युवतीलाई दुव्र्यबहार गरेको ट्राफिक महाशाखाका एक अधिकारीले बताए । युवतीले उजुरी गरेपछि ढकाल कारबाहीमा परेका हुन् ।

प्रहरीका अनुसार चेकिङका क्रममा स्कुटीमा सवार ती युवतीसँग कागजपत्र थिएन । तर युवतीले आफूलाई छाडिदिन असर्इ ढकालसँग आग्रह गरेकी थिइन् । तर ढकालले आफूलाई एकपटक किस गरे कारबाही नगर्ने भन्दै बार्गेनिङ गरेका थिए ।

पछि उनी डिल्लीबजारबाट अनामनगरसम्म ती युवतीकै स्कुटरमा गएका थिए । युवतीको मोबाइल नम्बरसमेत लिएर उनले बेलुकासमेत युवतीलाई फोन गरेको उजुरीमा उल्लेख छ ।

स्कुटीमा चढेकाबेला असर्इ ढकालले दुव्र्यबहार गरेको आरोपसमेत युवतीले लगाएकी छन् । तर, असर्इ ढकालले भने युवतीले आफूलाई ब्ल्याकमेलिङ गरेको आरोप लगाएका छन् ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us