ख्याल गर्नुस्, एकपटक चुम्बन गर्दा आठ करोड जीवाणुले आक्रमण गर्छ

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते २:०८ मा प्रकाशित

kissingएजेन्सी– १० सेकेण्ड चुम्बन गर्दा करिब आठ करोड जिवाणु चुम्बन गर्नेको मुखमा सर्ने एक एक अध्ययनमा पाइएको छ ।

नेदरल्याण्ड्सका वैज्ञानिकहरुले २१ जोडीको चुम्बन क्रियाको अनुसन्धान गर्दा दिनमा नौ पटक चुम्बन गर्ने व्यक्तिलाई जीवाणु सर्ने सम्भावना बढी पाइयो ।
मुखमा सात सय प्रकारका जीवाणु करोडौंको संख्यामा हुने गरेको छ । त्यसमा केही जीवाणु मात्र निकै दु्रत गतिमा स्थानान्तरिक हुने गर्छन् । डच वैज्ञानिकको यो अध्ययन माइक्रोबिओममा प्रकाशित गरिएको छ । नेदरल्याड्स अर्गनाइजेसन फर एल्पाइड साइन्टिफिक रिसर्च (टीएनओ) एक टोलीले जोडीको चुम्बनको बानीलाई लिएर कयौं प्रश्न साधेका थिउ ।
यसमा महत्वपूर्ण प्रश्न पछिल्लो वर्ष कतिपटक र कतिसमय चुम्बन गरियो भन्ने थियो । वैज्ञानिकहरुले सुरुमा चुम्बन गर्नुअघिको जिब्रो र र्‍यालको नमुना लिएका थिए । त्यसपछि १० सेकेण्डको चुम्बनपछिको नमुना संकलन गरिएको थियो ।
एक पार्टनरलाई प्रोबायोटिक ड्रिंक पिउन दिइएको थियो, जसको सहयोगबाट सजिलै जिवाणु चिन्न सहज भयो । त्यसपछि जोडीको दोश्रो चुम्बनका क्रममा कति जीवाणु पार्टनरमा सरे भन्ने थाहा भयो ।

१० सेकेण्डको चुम्बनपछि आठ करोड जीवाणु स्तान्तरित भएको वैज्ञानिकहरुले बताए । अध्ययन टोलीका प्रमुख प्रोफेसर रेमको कोर्ट भन्छन्, ‘फ्रेन्च किसिङ गर्नु सबैभन्दा खतरनाक पाइयो । यस्तो गर्दा जीवाणु निकै सर्ने गर्छ । यो अध्ययनले जीवाणुबाट हुने रोगको समस्या पत्ता लगाउन सहयोग गर्नेछ ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us