मोदीको अभिनन्दन स्थलबारे सत्तापक्ष र प्रतिपक्षबीच विवाद

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते १:४५ मा प्रकाशित

modiकाठमाण्डु, ३ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारी क्रममा यहाँ नागरिक अभिनन्दन र सम्बोधन स्थलबारे विवाद भएको छ ।

सरकारका प्रतिनिधि मन्त्री विमलेन्द्र निधिले जानकी मन्दिर प्रांगणमा कार्यक्रम हुने भने पनि २२ दलीय संघीय गणतान्त्रिक मोर्चा यसको विरोधमा छ ।

मोर्चाको मंगलबार बसेको बैठकले नागरिक अभिनन्दन तथा सम्बोधन बाह्रबिघा मैदानमा हुनुपर्ने निर्णय गरेको छ । बैठकले छात्राहरुलाई साइकल वितरणमा रोक लगाउन नहुने निर्णयसमेत गरेको छ ।
मोर्चा संयोजक एवम् एमाओवादी जिल्ला इन्चार्ज झल्कु यादवले यो निर्णयबारे सरकारलाई आधिकारिक जानकारी दिन मोर्चा सम्वद्ध पार्टीका प्रतिनिधि र नागरिक अगुवाले बुधबार प्रमुख जिल्ला अधिकारीमार्फत लिखित ज्ञापनपत्र बुझाउने बताए ।

भारतीय प्रधानमन्त्रीको मंसिर ९ गते हुने जनकपुर भ्रमणको व्यवस्थापन गर्ने जिम्मेवारी पाएका मन्त्री निधिको पाहलमा सोमबार यहाँ आयोजित सर्वदलीय, सर्वपक्षीय बैठकका सहभागीले समेत सरकार जनकपुरविरोधी भएको आरोप लगाएका थिए ।

धनुषा, महोत्तरी, तथा सर्लाहीका सभासद, उद्योगी, व्यवसायी सहभागी बैठकमा पनि भारतीय प्रधानमन्त्रीको कार्यक्रम बाह्रबिघा नै हुनुपर्ने अधिकांशको सल्लाह थियो ।

‘सीमित व्यक्तिबीच जानकी मन्दिरमै मोदीको अभिनन्दन र सम्बोधन कार्यक्रम गरियो भने स्थानीय बाह्रबिघामा वैकल्पिक तयारीमा जुटेका छन् ।

सरकारी कार्यक्रम जानकी मन्दिरमा र जनताको कार्यक्रम बाह्रबिघामा हुन्छ’, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष रामकुमार शर्माले भने ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us