भारतमा एक करोड ४२ लाख मानिस दास

काठमाण्डु टुडे २०७१ मंसिर २ गते १४:१८ मा प्रकाशित

dasएजेन्सी– एक अध्यनका अनुसार विश्वमा हाल करिब साढे ३ करोड मानिस दासताको अवस्थामा छन् ।

दासताविरुद्ध कार्यरत संस्था  ‘वाक फ्री फाउण्डेसन’ ले हालै सार्वजनिक गरेको तथ्यांकका अनुसार उक्त संख्यामा मासिन कुनै न कुनै रुपको दासदासी रहेको उल्लेख गरेको हो ।

भारत, चीन, पाकिस्तान, उज्वेकिस्तान र रुसमा मात्र २ करोड २० लाख मानिस दासदासीका रुपमा रहेको प्रतिवेदनले औंल्याएको छ । दासदासीको संख्या भारतमा मात्र १ करोड ४२ लाख रहेको औंल्याइएको छ ।

फाउण्डेशनले १ सय ६७ मुलुकमा गरिएको अध्ययनका आधरमा प्रतिवेदन तयार पारिएको जनाएको छ ।

पश्चिम अफ्रिकी  मुलुक मौरीसानियामा कुल जनसंख्याको चार प्रतिशत उज्वेकस्तान ३.९७ प्रतिशत, हाइटीमा २.३ र कतारका १.३ प्रतिशत मानिस दासदासी छन् ।

प्रतिवेदनमा दासदासी भन्नाले कसैबाट बेचिएका, बलपूर्वक काममा लगाइएका, ऋण तिर्न नसकेर घरेलु कामदार बनाइएका, जबरजस्ती बिहे गरिएका, यौन धन्दामा लगाइएका आदिलाई दासदासीक रुपमा परिभाषित गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us