
काठमाण्डु, २८ कात्तिक–‘सानालाई ऐन ठूलालाई चैन’ भने झैं भएको छ रामगुलाम जनता उमावि भाँडसर सर्लाहीकी शिक्षिकालाई । उनको विद्यालयमा हाजिर नभए पनि तलब निकासा भइरहेको छ । असारदेखि विद्यालय नगएकी प्राथमिक तहकी शिक्षका सुनिता यादवको दसैंको बेलामा चौमासिक तलब निकासा भयो ।
विद्यालयमा उपस्थित नभएकाले उनको हाजिर महल भने खाली छ । प्रधानाध्यापकले प्रमाणित गरेर पठाएको पत्रका आधारमा शिक्षले उनको तलब निकासा गरेको हो ।
कात्तिकसम्मको तलब निकासा भइसके पनि यादब असार यता विद्यालय गएकी छैनन् । पूर्वमन्त्री महेन्द्रराय यादवकी छोरी सुनिता स्थायी शिक्षिका हुन । उच्च मा.वि. सञ्चलनमा आएको विद्यालयमा शिक्षकको अभाव रहेको छ । प्रअ विन्देश्वर यादवले सुनिता बिदा लिएर दिल्ली गएको बताए ।
कान्तिपुर दैनिकबाट