आइएसविरुद्ध लड्न अमेरिकी सेना दोब्बर पारिने

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते ११:३८ मा प्रकाशित

वासिङ्टन, २२ काात्तिक – अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकमा इस्लामिक स्टेट (आइएस) विरुद्ध जारी युद्धमा इराक सैनिकको सहयोगको लागि थप एक हजार ५०० अमेरिकी सैनिकलाई इराक पठाउने खुलासा गरेका छन् ।

सिरिया र इराकमा भिषण हिसां र हत्या मच्चाउँदै आएका आइएस विरुद्धको लडाईमा गत तीन महिना अघिदेखिनै अमेरिकाले हवाई आक्रमण सुरु गर्दै आएको छ ।

इराक पठाइने भनिएको थप एक हजार ५०० सैनिकमा करिब ६०० सैनिकले इराकी सैनिकलाई आइएस विरुद्धको कारबाही योजनामा सरसल्लाह दिने र अन्य ९०० भने आइएस लडाकू विरु्द्धको लडाईमा लड्ने जनाइएको छ ।

आइएस विरुद्धको लडाईको लागि हाल इराकमा एक हजार ४०० अमेरिकी सैनिक रहेका छन् । ती मध्ये बग्दाद र आर्बिलमा ६०० आइएस विरुद्धको कारबाहीमा इराकी सैनिकको सल्लाकारको रुप रहेका छन् ।

त्यसैगरी अन्य ८०० अमेरिकी सैनिक बग्दादस्थित अमेरिकी राजदूतावास, बग्दाद विमानस्थलमा सुरक्षाको लागि खटिएका छन् ।

राष्ट्रपति ओबामाले इराकमा आइएस विरुद्धको लडाईलाई सशक्त बनाउनको लागि अमेरिकी सैनिकलाई दोब्बर बनाउन लागिएको बताउनु भएको छ । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us