हिसाब नजान्दा छात्रालाई नांगै बनाएर यौन दुव्र्यवहार

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते १:४५ मा प्रकाशित

झापा, २२ कात्तिक– हिसाब नजान्दा झापाको एक विद्यालयका शिक्षकले चार छात्रामाथि यौन दुव्र्यवहार गरेका छन् ।
कोहबरा–९ को सहिद प्राथमिक विद्यालयका गणित शिक्षक मित्रराज नेपालले चार छात्रालाई लाइन लगाएर स्कर्ट र कट्टु खोल्न लगाई दुव्र्यवहार गरेका हुन् ।

छात्राहरुलाई कक्षा कोठाभित्रै दुव्र्यवहार गरेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय गौरीगन्जले बिहीबार पक्राउ गरेको छ । विद्यालय प्रशासनको जाहेरीका आधारमा आरोपी शिक्षक पक्राउ परेका हुन् ।
चार कक्षामा गणित विषय पढाइरहेका बेला आफूले सोधेको प्रश्नको जवाफ दिन नसकेपछि छात्राहरुमाथि दुव्र्यहार गरेको आरोप शिक्षक नेपालमाथि लागेको छ ।
दुव्र्यवहारमा परेका छात्राहरु ११ वर्षदेखि १३ वर्ष उमेर समूहका छन् ।

‘कक्षा चलिरहेका बेला शिक्षक नेपालले छात्राहरुको संवेदनशिल अंगमा हात हालेर दुव्र्यवहार गरेको भेटियो’ विद्यालयका प्रधानाध्यापक कार्तिकलाल गनगाईंले भने ,‘तत्कालै उनीमाथि कानुनी कारबाहीका लागि विद्यालयले प्रक्रिया अघि बढाएको छ ।’ नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us