झडपमा ३६ को मृत्यृ

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते ७:५४ मा प्रकाशित

लिबिया , १६ कात्तिक – लिबियाको बेनघाजी अन्तर्राष्ट्रिय विमानस्थलनजिक पर्ने बेनिना क्षेत्रमा सशस्त्र इस्लामिक लडाकूहरू र लिबियाको सरकारी सेनाका जनरल खालिका हफ्तार नेतृत्वका फौजबीच झडप हुँदा गत दुई दिनमा ३६ जनाको मृत्यु भएको सैनिक स्रोतले जानकारी दिएको छ ।

बेनघाजीस्थित एक स्वास्थ्यकेन्द्रका अनुसार झडप र जथाभावी गोली हानाहानमा परी मारिएका २१ जनाको शव परिक्षणको लागि प्राप्त भएको छ ।

त्यस्तै जथाभावी गोली हानाहानमा दुई महिला, एक बालक, र दुई जना पत्रकारसहित अन्य १५ जनाको पनि सोही घटनामा मृत्यु भएको छ ।

मध्य अक्टोबरबाट सुरु भएको जथाभावी आक्रमणमा करिब २५४ व्यक्तिको मृत्यु भइसकेको छ ।

केही अघिसम्म विद्रोहीको नियन्त्रणमा रहेको बेनघाजी विमानस्थल र बेनिना क्षेत्रमा हाल सरकारी सैनिकले कब्जा जमाएका छन् ।

सरकारी सैनिकहरू बेनघाजी महानगरको दक्षिणपूर्वी खण्डबाट विदेशीलाई धपाउन प्रयासरत भएको पनि सैनिक स्रोतबाट जनाइएको छ ।

लिबियामा क्रुर शासक मुअम्मर गद्दाफीको पतनपछि सन् २०११ देखि ठूला मानवीय आक्रमण, हिंसा र हत्याका घटनाहरू बढ्दै गएको हो ।

उक्त अफ्रिकी राज्य लिबियामा सन् २०१२ मा अमेरिकी राजदूतको हत्या भएपछि झनै आतङ्क र हत्या तीव्र रुपमा भएका छन् । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us