प्रेस चौतारी अध्यक्षमा शर्मा

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते ४:३८ मा प्रकाशित

बागलुङ, १६ कात्तिक- प्रेस चौतारी नेपाल बागलुङको अध्यक्षमा उमाकान्त शर्मा चयन भएका छन् ।
शनिबार सम्पन्न पाचौं जिल्ला सम्मेलनले शर्माको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।   १५ सदस्यीय समितिका उपाध्यक्षमा नवीनशिशिर विक, सचिवमा सिर्जना पन्त, उपसचिवमा बालकृष्ण सुवेदी र कोषाध्यक्षमा रवीना बोहरालाई चयन गरिएको छ ।

त्यस्तै सदस्यमा युवराज कँडेल, कमला क्षेत्री, राजेश बर्देवा, खेमराज गौतम, सुमन रामदाम, रुद्र गौतम, अर्जुन कार्की, जयन्द्र उपाध्याय, वीरबहादुर थापा र भूपेन्द्र केसी निर्वाचित भएका छन् ।

अधिवेशनले प्रेस स्वतन्त्रतालाई नयाँ बन्ने संविधानको प्रस्तावनामा उल्लेख गरी समयमै संविधान जारी गर्न माग गर्नेलगायत सातबुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको  छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us