
एजेन्सी – संसारका धनी बिल गेट्सले दैनिक एक मिलियन डलर खर्च गर्दा कुल सम्पत्ति सिध्याउन २ सय १८ वर्ष लाग्ने तथ्य सार्वजनिक भएको छ । गेट्स ७९ बिलियन अमेरिकी डलरका मालिक हुन् ।
अक्सफामले गरेको अध्ययन अनुसार गेट्सले प्रत्येक दिन तीनवटा ‘फेरारी कार’ २ सय १८ वर्षसम्म खरिद गर्न सक्छन् ।
अध्ययन अनुसार दोश्रो धनी कार्लोस स्लीम हेलुको सम्पत्ति पनि दैनिक १ करोड अमेरिकी डलर खर्च गर्दा २ सय २० वर्षसम्म पुग्ने र वारेन बफेटको १ सय ६९ वर्षसम्म पुग्ने देखाएको छ ।
सन् २००९ मा ७ सय ९३ विलिनायर रहेकोमा सन् २०१४ मा बढेर एक हजार ६ सय ४५ पुगेको अध्ययनले जनाएको छ । गेट्सले व्याजबाट साढे ११ मिलियन डलर कमाउने अध्ययनले उल्लेख गरेको छ ।
संसारका आधा जनसङख्या अर्थात ३ अर्बसँग भएको कुल सम्पत्ति ८५ जना बिलिनायरको बराबर रहेको छ ।