
एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘स्वच्छ भारत अभियान’ मा महानायक अमिताभ बच्चनले झाडु लगाएर सडक बढार्न सहयोग गरेका छन् ।
रियालिटी शो ‘कौन बनेगा करोडपति’का समूहका साथमा बुधबार विहानै आफ्नो बासस्थान नजिकै सडक बढार्न पुगेका थिए । सामाजिक सञ्जालमा आफूले सफा गरिरहेको तस्वीर सार्वजनिक गर्दै सम्पूर्ण देशवासीलाई समेत अभियानमा जुट्न आव्हान गरेका छन् ।
अमिताभको सो कार्यलाई प्रधानमन्त्रीले बच्चन जी नै झाडु लिएर सडकमा निस्केपछि यो कामले कसलाई प्रभाव नपार्ला र ? भन्दै खुसी व्यक्त गरेका छन् ।
यसअघि पूर्व क्रिकेटर सचिन तेन्दुलेकर, सलमान खान, आमिर खान, रितिक रोशन, अनिल अम्बानीलगायत हस्तीहरुले झाडु लिएर सफा गरिसकेका छन् ।