
मस्को, ११ कात्तिक – पूर्वी युक्रेनमा विद्रोह गरिरहेका विद्रोहीहरुको पहलमा आगामी हप्ता आयोजना गरिएको निवार्चनको रसिया सरकारले समर्थन गर्ने भएको छ ।
युक्रेनको सरकारले भने यस निर्वाचनको विरोध जनाइरहेको समाचारमा जनाइएको छ ।
मङ्गलबार रसियाली विदेशमन्त्री सर्गेइ लाभरोभले स्थानीय सञ्चारमाध्यमलाई दिएको एक अन्तरवार्तामा रसियाले सो निर्वाचनमा समर्थन गर्ने धारणा सार्वजनिक गरेका हुन् ।
यस निर्वाचनबाट आउने परिणामलाई पनि स्विकार गरिने लाभरोभले दैनिक समाचारपत्र इज्भेटइयालेलाई दिएको अन्तरवार्तामा जनाइएको छ । एएफपी