‘हैदर’ बन्यो बलिउडमा पहिलो अन्तर्राष्ट्रिय अवार्ड जित्ने चलचित्र

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते १०:२६ मा प्रकाशित

काठमाण्डु – विलियम शेक्सपियरको नाटक ‘हेमलेट’मा आधारित चलचित्र ‘हैदर’ले रोम फिल्म महोत्सवमा ‘पिपल्स च्वाइस अवार्ड’ हात पारेको छ ।

haider__0_0विशाल भारद्धाज निर्देशित हैदर काश्मिर पृष्ठभूमिमा बनाइएको छ । हैदर सो अन्तराष्ट्रिय पुरस्कार जित्ने पहिलो भारतीय चलचित्र बनेको छ ।
चलचित्रमा शाहिल कपुर, श्रद्धा कपुर, तब्बु, इरफान खान र केके मेननको मूख्य भूमिका रहेको छ ।

समारोहमा सहभागी अभिनेता शाहिदले सामाजिक सञ्जालमा खुसी र भारतीय फिल्म उद्योगमा गर्वको कुरा रहेको प्रतिक्रिया दिएका छन् ।

विशालले यसअघि शेक्सपियरको नाटकमा आधारित ‘मकबुल र ओमकारा’ बनाईसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us