विश्वभर १० हजार बढीमा इबोला संक्रमण

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते ४:५६ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक– पश्चिम अफ्रिकी देशबाट फैलिएको प्राणघातक रोग इबोलाका कारण विश्वका १० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
ebolaविश्व स्वास्थ्य संगठन डब्लूएचओले हालै सार्वजनिक गरेको प्रतिवेदनले इबोला संक्रमितको संख्या १० हजार नाघेको देखाएको हो । डब्लुएचओले उसले इबोलाबाट हालसम्म ४ हजार ९ सय २२ जनाएको मृत्यु भएको जनाएको छ ।
इबोलाबाट सबैभन्दा धेरै सियरालियोन, लाइबेरिया र गिनीका नागरिक प्रभावित बनेको बताएको छ  । लाइबेरियामा मात्र २ हजार ७ सय ५ जनाको ज्यान गएको छ । सियरालियोनमा १२ सय ८१ र गिनीमा ९ सय २६ जनाले ज्यान गुमाएका छन् ।
मालिका एक दुई वर्षका बच्चामा समेत छोएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले इबोला नियन्त्रणका लागि सन् २०१५ सम्ममा हजारौं खोपको आवश्यकता पर्ने बताइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us