गोलमा खुसी मनाउँदा खेलाडीको ज्यान गयो

काठमाण्डु टुडे २०७१ कार्तिक ५ गते १:५८ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक–  आफूले समर्थन गरेको टिमले गोल गर्दा खुसी नलाग्ने कसलाई हुन्छ होला र रु तर, गोल गर्दाको खुसी मनाउने क्रममा नै ज्यानै जाला भन्ने पनि कसैले सोचेका हुदैनन् ।
तर, भारतको एक राज्य स्तरीय लिग मिजोराम प्रिमियर लिगको दौरानमा यस्तै दुःखद् घटना भएको छ । भारतको उत्तरपुर्वी क्लब वेथ्लेम भेङगथ्लाङका मिडफिल्डर पिटर बियाकासाङजुआला चानमारी विरुद्धको खेलमा बराबरी गोल गरेपछि खुसी मनाउँदा ढाड भाँचिन पुगेको थियो ।
जर्मनीका चर्चीत स्ट्राइकर मिरोस्लाप क्लोसले विश्वकपका दौरानमा गोल गरेपछि मनाएको खुसीलाई नक्कल गर्न खोज्दा उनी गम्भीर दुर्घटनाको सिकार भए ।
हातले नटेकी हावामा उडेर पल्टी मार्ने क्रममा मैदानमै उनी लड्न पुगेका थिए । त्यसलगत्तै उनलाई अस्पताल भर्ना गरिए पनि बचाउन भने नसकिएको आजको राजधानी दैनिकमा खबर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us