
काठमाण्डु – बेलायतमा मरेकी हजुरआमाले नातिनीलाई मोवाइलबाट सन्देश पठाएकी छन् ।
बेलायती २२ वर्षीया शेरीलाई सन् २०११ मा मरेकी हजुरआमाले सन्देश पठाएको बुझिएको छ । ५९ वर्षको उमेरमा परलोक गएकी हजुरआमाको दाहसंस्कार गर्दा मोवाइल पनि सँगै गाडिएको नातिनी शेरीले बताइन् ।
मोवाइल चलाउँदै गर्दा शेरीको इनबक्समा हजुरआमाको नम्बरबाट सन्देश प्राप्त हुँदा होश उडेको खुलासा गरिन् । ‘शेरी, मैले तिमीलाई देखिरहेको छु ’ भनेर लेखिएको सन्देश उनले हजुरबालाई देखाएकी थिइन् ।
हजुरबाले सो नम्बरमा कल ब्याक गर्दा अर्कैले चलाएको पाइएको छ । फोन चलाउने व्यक्तिले हाँसीमजाक गर्न सन्देश पठाएको उत्तर दिएको हजुरबाले बताए । सो विषयमा मोबाइल सेवा प्रदायकलाई सम्पर्क गर्दा गल्ती भएको भन्दै माफी मागेको छ ।