राजनीतिक सहमतीमै माघ ८ मा संविधान आउने सुजाताको दाबी

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते १०:१८ मा प्रकाशित

विराटनगर, २ कात्तिक – नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले राजनीतिक दलहरुले सहमतीय प्रक्रियाबाट माघ ८ भित्रमा संविधान जारी गर्ने बताएकी छन् ।

Sujata-Koiralaशुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा गृह जिल्ला मोरङ्मा आयोजित चियापान कार्यक्रममा कांग्रेस विदेश विभाग प्रमुखसमेत रहेकी नेतृ कोइरालाले यस्तो बताएकी हुन् । उनले हर प्रयास गरेर दलहरु सहमतीको बाटो खोजिरहेको भन्दै अन्तिम अवस्थामा पुगेर भएपनि सहमतीमै संविधान आउने विश्वास व्यक्त गरिन् ।

संविधान निर्माणमा देखा परेका विवादित विषयहरुको समाधान खोज्न दलहरु निरन्तर छलफलमा जुटिरहेको कोइरालाले बताइन् । नेतृ कोइरालाले प्रमुख पाटो सहमतीकै रहेको र यदि सहमति नहुनेनै अवस्था आएको खण्डमा राजनीतिक दलहरुले विगतमा गरेको प्रतिवद्धता अनुसार बहुमतिय प्रक्रियामा गएर भएपनि संविधान जारी गरेरै छाड्नु पर्ने उद्घोष गरिन् ।

कोइरालाले राजनीतिक खिचातानीकै कारण मुलुक झन गरिवितर्फ उन्मुख भैरहेको भन्दै जनताको अधिकारलाई ख्याल गर्न नेतृत्व पक्षको ध्यानाकर्षण गराइन् । उनले नेपाल भन्दा अविकसीत मुलुकहरु आज आर्थीक र सामाजिक हिसावले निकै माथी पुगेको भन्दै नेपाललाई पनि त्यता तर्फ लैजान सबैलाई आग्रह गरिन् ।

हामीले राजनीतिक क्रान्ति धेरै गरीसकेको भन्दै अव आर्थीक क्रान्ति तर्फ उन्मुख बन्नु पर्नेमा नेतृ कोईरालाको जोड रहेको छ । उनले नेपालीहरुको बिभिन्न खाले चार्ड पर्वले पनि राजनीतिक दलहरुलाई मिलेर अगाडि जान प्रेरित गरेको बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us