
एजेन्सी – भारतमा एक धर्मपुत्रीले बाबुआमाको हत्या गरेकी छन् । २ महिनाको उमेरमा घरमा ल्याएर स्याहारसुसार गरेकी छोरीले १६ वर्षको उमेरमा बाबुआमाको चुप्पीले घाँटी रेटेर हत्या गरेकी हुन् ।
मंगलबार प्रहरीले धर्मछोरी र उनकी प्रेमीलाई हत्याको आरोपमा पक्राउ गरेको हो । ६३ वर्षीय बाबु श्रीहरि विनोद र ६० वर्षीय आमा स्नेहाको हत्या २ महिनाअघि गरिएको प्रहरीले जनाएको छ ।
श्रीहरिको परिवारले हराएको सूचना प्रहरीमा दिएपछि प्रहरीले घरमा गएर खानतलासी गर्दा सडेगलेको अवस्थामा लास फेला परेको बताएको छ ।
प्रहरीका अनुसार धर्मपुत्रीले आफ्नो प्रेमसम्बन्धको मामलामा बाबुआमा दुबै विपक्षमा रहेकाले मारेको स्पष्टिकरण दिएकी छन् ।
खानामा निद्रा लाग्ने औषधि मिसाएर लठ्ठ परेको अवस्थामा चुप्पी घाँटी रेटेर हत्या गरेको धर्मपुत्रीले बयान दिएको प्रहरीले जनाएको छ ।
लासलाई उठाएर फाल्नु खतरा रहेकाले एसिड खन्याएर छोडिदिएको पनि धर्मपुत्रीले बताएकी छन् ।